धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–८ की एक सङ्क्रमित महिलाको आज उपचारकोक्रममा मृत्यु भएको छ ।
६० वर्षीय महिलाको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार गत जेठ २८ गते संक्रमण पुष्टिी भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज मृत्यु भएको हो ।
यस्तै मोरङ केराबारी ७ का ७२ बर्षीय पुरुषको पनि उपचारको क्रममा आज दिउसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मधुमेय र उच्च रक्तचापका विरामी उहाँलाई गत असार ७ गते कोरोना पुष्टि भएको थियो ।