धरान I धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गर्नु भएकाे छ । आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ।
जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो।
धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि धरानमै आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्नु ह्न्छ ।  धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले "चिसो चिसो" बोलको गीत पनि धेरै पल्ट गाइसक्नु भएकाे छ । 
एक बर्ष अघिको कोभिड महामारीमा केहि गीतहरु सार्वजनिक गर्नु भएका गायक मास्केले एक बर्ष पछि नयाँ गीत सार्वजनिक गर्नस भएकाे हाे ।  यहि गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा रहेकाे गायक रोहित मास्केले बताउनु भयाे । 
https://youtu.be/ux6klIe5Yfs