इटहरी / जनता माध्यमिक विद्यालय इटहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले तीन बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।
उहाँले आफु अध्यक्ष भएको तनि बर्ष पुगेको अवसरमा हालसम्म विद्यलायले गरेका प्रगति, शैक्षिक सुधारका विषय सार्वजनिक गर्नु भएको हो । उहाँ आउनु अगाडी ७७४ जना विद्यार्थी थिए तर हाल २ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत छन् ।
जनता माविले अंग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरु सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्लो वर्ष पनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परीक्षा लिएर विद्यार्थीहरुलाई भर्ना गराइएको थियो । प्रवेश परीक्षा लिएर भर्ना गर्नु पर्ने बाध्यम भएको एक मात्र विद्यालय हो जनता मावि हो । त्यो देन अध्यक्ष दङ्गाललाई जान्छ ।

kasi nath
यहाँका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकको अतुलनिय योगदानले देशभरमै सामूदायिक विद्यालयतर्फ नमूना विद्यालयको रुपमा आफूलाई चिनाउन सफल भएको छ । विद्यालयले स्तरीय शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजी माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिनु भयो ।
राज्यको सहयोग
उत्कृष्ट शिक्षा प्रदान गरे बापत नेपाल सरकारले यस विद्यायलको स्तरोन्नतीका लागि ३ करोड २ लाख अनुदान प्रदान गरेको छ ।
कार्यसम्पादन मूल्यांकनपछि ३७ लाख ६० हजार गत आवमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र हुदै इटहरी नगरपालीकाको शिक्षा विकास माहाशाखा हुदै विद्यालयमा आएको छ । यो आवमा पुनः १ करोड ५० लाख आएको । क्रमश सबैपैसा आउने र भौतिक निर्माण र पूर्वाधार निर्माणमा खर्च गरिने विद्यायलका प्रधानाध्यपक छत्रपति ढुंगेलले बताए । प्रदेश सरकारको पनि १४ लाख सहयोग प्राप्त भएको छ । लकडाउनको समयलाई सदुपयोग गदैं विद्यालयलाई आवश्यक फर्निचर, डेक्स बेञ्ज, भौतिक निर्माणको काम गरेको छ । ग्रिलको ३ सय डेक्स् बेन्च बनाएको छ ।
तीन बर्षे कार्यकालमा निम्न सुधारका काम भएका छन् ।

  •  विद्यार्थी संख्या पहिले ७७४ अहिले २३९५
  • २४ वटा कक्षा कोठा थप निर्माण भएका छन् ।
  • स्कुल वस १ थान
  • ५० थान कम्प्युर थान थप ल्यापटप १० थान उपलब्द छन् ।
  • इन्टरेक्टीभ वोर्ड ७ थान
  • प्रोजेक्टर १० थान
  • आई ¥यास ७ थान
  •  बाईलोजी ल्याब निर्माण सम्पन्न, भौतिक र रासाइनिक प्रयोगशालका सामाग्री प्राप्त भएका र निर्माणको क्रममा रहेको छ ।
  • अंग्रेजि माध्यम कक्षा नर्सरी देखि ११ सम्म सञ्चालन गरेको छ ।
  • शिक्षक कर्मचारी संख्या पहिले ३८ अहिले जम्मा ८५ जना
  • राष्ट्रपति रनिङ्ग सिल्डमा नगर प्रथम भएको छ ।
  • लकडाउनको अवधिभरमा पनि वैकल्पिक माध्यममा सिकाई सहजिकरणलाई निरन्तरता दिएको छ ।

वर्तमान समयमा महंगो शुल्क भएका नीजि विद्यालयले मात्र विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा दिन्छन भन्ने अभिभावकको मान्यतालाई जनता माध्यमिक विद्यालयले परिवर्तन गरिदिएको छ । समयसापेक्ष दक्ष विषय विज्ञ शिक्षक कर्मचारी नियुक्त गरेर अँग्रेजी माध्यमबाट पढाई शुरु गरेपछि जनता माध्यमिक विद्यालयप्रतिको आर्कषण बर्षेनी बढ्दो छ ।

नमुना विद्यालयको रुपमा विकास हुँदै गईरहेको विद्यालयमा अहिले जुनसुकै तहमा विद्यार्थी भर्ना खुले पनि विद्यार्थीको चाप भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले थेग्न कठिन हुन थालेको छ । नीजि विद्यालयमा भन्दा उत्कृष्ट पठनपाठन हुने भन्दै सबैको उद्देश्य जनता माध्यमिक विद्यालयमै पढ्ने भएकाले विद्यालयको क्षमता बमोजिम भर्ना गर्न कठिन भएकाले निष्पक्ष रुपमा विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा लिनुपरेको तर्क विद्यालय व्यवस्थापनको छ । यदि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र स्रोत हुने हो भने मात्र भर्नाको चाप थेग्न सकिने विद्यालय स्रोतको ठम्याई छ ।

अहिले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना खुलेको जनता माध्यमिक विद्यालयमा इटहरी भरमै उत्कृष्ट पढाई हुने अपेक्षाका साथ एस.ई.ई परीक्षमा उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीहरु समेत आर्कषित भई भर्ना हुन आवेदन दिईरहेका छन् । आगामी शैक्षिक सत्र देखि विद्यालयले ईटहरी ९ मा व्यवस्थापन संकायमा कक्षा ११ बाट अँग्रेजी माध्यममा पठनपाठन शुरु गर्न आवेदन माग गरेको छ भने हाल इटहरी ६ मा व्यवस्थापन, मानवीकि र शिक्षाशास्त्र संकायमा नेपाली माध्यमबाट ५ सय ५० जना विद्यार्थीलाई पठनपाठन गराईरहेको छ ।

देशकै नमुना सामुदायिक विद्यालय बन्ने अभियान अन्तर्गत विद्यालयले अर्को शैक्षिक सत्रमा कक्षा ११ देखि विज्ञान संकाय र प्राविधिक धार तर्फ सिभिल ईञ्जिनियरिङ्गको कक्षा सञ्चालन गर्ने योजनाका साथ तयारी शुरु भईसकेको छ ।

janata-mavi