धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा.गुरु प्रसाद खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरिएको छ । वार्ता समितिमा अस्पताल निर्देशक प्राडा.गौरीशंकर साह र रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मी सदस्य रहनु भएको छ । ।
काठमाडौंमा रहेका उपकुलपति डा.गिरीले वार्ता समिति गठन गरेको पत्र शनिवार साँझ दिनु भएको थियो । आइतबार समितिले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्ने तय भए पनि उनीहरुले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएका छन् ।
उपकुलपतिले वार्ता समिति गठन गरे पनिे उपकुलपति समावेश नभएको वार्ताको औचित्य नहुने संघर्ष समितिका सहसंयोजक एवं डा. विष्णु पोखरेलले जानकारी दिनुभयो । चारैजना पदाधिकारीसहितको वार्तामा मात्र सहभागी हुने उहाँले बताउनु भयो । ‘कार्यन्वयन गर्ने व्यक्ति नै अनुपस्थिति भएको वार्ता टोलीसँग वार्ता गरि नतिजा राम्रो आउदैंन । वार्ताको लागि पहल कदमी प्रशासनले गरेकोमा हामीले सकरात्मक रुपमा लिएका छौं ।’–डा. पोखरेलले भन्नु भयो ।
आइतबार पनि उपकुलपतिको कार्यलय अगाडी चिकित्सक नर्सहरु भर्ना दिएका छन् । बढेको तलव दिनु पर्ने, रोकिएको आन्तरिक बढुवा खुलाउनु पर्ने, जोखिम भत्ता उपलब्द गराउनु पर्नेलगायत ११ सुत्रिय मागसहित विगत ६ दिनेदेखि उनीहरु आन्दोलनमा छन् । उनीहरुले उपकलुपतिको प्राध्यापक उपाधि माथि पनि प्रश्न उठाएका छन् ।
बिीपीलाई पारदर्शी गरिनु पर्ने, आर्थिक कारोबार पारदर्शिता, सबै विभागको काम कारबाही हरेक महिनाको शुक्रबार श्वेतपत्र जारी गर्नुपर्ने लगायतका माग उनीहरुको छ । प्रतिष्ठानस्थित दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजका निवर्तमान अध्यक्षसमेत रहेका डा. विष्णु पोखरेलले आर्थिक अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरीले ३० जेठमा उनलाई स्पष्टीकरण सोधेका थिए । बेथितीबारे बोल्नेलाई कारवाहीको धम्की दिएको धन्दैं चिकित्सक आन्दोलनमा उत्रिएका हुन ।
उनीहरुको आन्दोलनमा नागरिक समाजले पनि एक्यबद्धता जनाएको छ । धरान सरोकार समाज काडमाडौंका अध्यक्ष प्रभु श्रेष्ठले उनीहरुको आन्दोलनमा सहभागी भएर बिपी बचाउन नागरिक समाज एकजुट भएको बताउनु भयो । चिकित्सकहरुको माग जाहेज भएको भन्दैं उहाँले प्रतिष्ठान प्रशासनले पुरा गर्नु पर्ने बताउनु भयो । यहाँको पदाधिकारीको कार्यशैलीबारे सरोकार समाजले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई चाढे ध्यानाकर्षण गराउने बताउनु भयो ।
बिपी बचाउ नागरिक सञ्जालका संयोजक डा. राजेन्द्र शर्माले पनि आन्दोलनलाई सम्बोधन गर्नु भएको थियो । यस्तै भरखरै दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजमा निर्विरोध निर्वाचित डा. अरुणकुमार सिंहले पनि आन्दोलनमा एक्यवद्धता जनाएर चिकित्सकको जाहेज मागलाई अस्पताल प्रशासनले पुरा गर्नु पर्ने बताउनु भयो । उहाँले चिकित्सक, कर्मचारीलाई पाउने सेवा सुविधा रोकेर प्रशासनले अन्याय गरेकाले तत्काल सम्बोधनको विकल्प नभएको बताउनु भयो ।