धरान / धरानको मेघा कलेजले यसै वर्षदेखि न कक्षा ११ र १२ मा खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सञ्चालन गर्ने भएको छ । यो विषय पूर्वमा केन्द्रीय प्रविधी क्याम्पस हातीसार धरानमा स्नातक तहमा मात्र पढाई हुदैं आएको छ ।
कलेजले उच्च मावि तहमा यो विषय अध्यापन गराउने पहिलो कलेजको रुपमा नाम लेखेको छ । प्लस टु तहमा यो विषय कही पनि अधययपन हुदैंन ।

नेपालको शिक्षा निति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने नितिलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो । यो सँगै अन्य पाँच वटा विषयमा कलेजले पठाई शुरु गर्ने भएको कलेजका शैक्षिक कार्यक्रम निर्देशक अर्जुन घिमिरेले जानकारी दिनु भयो ।

biology-and-food-nutrition- नेपालमा व्याचलर तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भैरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तह बाटै व्यवाहारिक शिक्षबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने निर्देशक घिमिरेले बताउनु भयो ।
ब्याचलरमा पढाइ हुने विषयलाई ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभुत ज्ञान प्राप्त गर्न सक्ने छन । यो विषयमा १२ पास गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञान सम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा हस्पिटलमा रोजगारको लागी दक्ष बन्ने घिमिरेको दावी रहेको छ ।

नयाँ विषय ल्याउन चुनौती भएता पनि उक्त विषयको पठनपाठन गराउन पुर्ण रुपमा तयारी भएको घिमिरेले बताउनु भयो । नयाँ विषय सञ्चालनमा ल्याउँदा विषेश गरेर प्राध्यापकहरुकै समस्या हो तर मेघालाई प्राध्यापकको सवालमा त्यस्तो ठूलो चुनौती नभएको उहाँको भनाई छ । ल्याव, शिक्षक सबै तयारी गरेर पठन पाठन शुरु गर्न लागिएको उहाँले बताउनु भयो ।

घिमिरेका अनुसार धरानकै विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा आवद्ध रहेर प्राध्यापन गर्दै आएका दक्ष प्राध्यापकहरुबाट प्राध्यानपन गराउने तयारी गरिएको छ ।

त्यसै गरेर आवश्यक प्रयोगशालाहरु पनि निर्माण गरिएकाे छ । विज्ञान प्रविधि विषय सञ्चालनका लागि ४२ लाख बराबरको लागतमा प्रयोगशाला बनाइएकाे हाे ।  त्यसैगरी विज्ञान संकाय अन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याइने भएको छ त्यसको लागी आवश्यक भौतिक पूर्वाधारतयार भैसकेको छ । 

यसका साथै होटल मेनेजमेण्टको लागी आवश्यक प्रयोगशाला किचन सबै तयार हुने क्रममा छ ।  कलेजको योजना ११ र १२ कक्षा मात्र हैन भोलीको समयमा विश्वविद्यालय तहको लागी काठमाण्डौ केन्द्रित विद्यार्थीहरुलाई धरानमा शिक्षा प्रदान गर्ने योजना रहेकाे कलेजका प्रिन्सिपल भाष्कर पौडेलले जानकारी दिनु भयो ।

मेघा केलेजलाई धरानको नमुना कलेजको रुपमा स्थापित गर्दै पूर्वको शैक्षिक क्षेत्रको बलियो आधार निर्माण गर्ने लक्ष्यका साथ अघि वढेको कलेजका प्रिन्सिपल पाैडेलले जानकारी दिनु भयो ।

 

lab2