धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पताल राखिएका सङ्क्रमितको हेरचाहका लागि आउन आफन्तका लागि सुविधा सम्पन्न कुरुवा घर बनेको छ ।

धरान उपमहानगरपालिकाको समन्वयमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिएको मेयर तिलक राईले जानकारी दिनु भयो ।

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर निर्माण भएको छ । १८ फिट चौडाई र १२ फिटा लम्बाई भएको शौचालयसहितको बाथरुम निर्माण गरिएको छ । उक्त कुरुवा घरका लागि १८ लाख रुपैयाँ लगानी भएको बताइएको छ । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी मेयर साबको पहलमा ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामिले निर्माण गरि दिएका हौं,’ अग्रवालले भन्नु भयो ।

यस अघि बिरामीका कुरुवाहरुले अस्पताल बाहिर चौरीमा बिजोग अवस्थामा बस्दैं आएका थिए । कुरुवा बस्न उचित व्यवस्थापन अस्पतालले गर्न नसके पछि उनीहरुको विजोक भएको थियो । अव्यवस्थित कुरुवाहरुको वसोवासले सङ्क्रमणको झन खतरा बढेको थियो । अव भने व्यवस्थित कुरुवा घर बने पछि सबैलाई सहज भएको अस्पतला निर्देशक डा.गौरीशंकर साहले जानकारी दिनु भयो ।

कुरुवाहरुले पैसा उठाएर आवश्यक सामाग्री खरिद
कोभिड १९ अस्पताल बाहिर सुविधा सम्पन्न शौचालयसहितको कुरुवा घर त निर्माण भयो । धरान १० का रेवत केबुकहाङ लिम्बु र रोशन लिम्बुका पहलमा कुरुवाहरुले अहिले निर्माण भएको कुरुवा घरको शौचालयमा प्रति व्यक्ति ५० रुपैयाँको दरले पैसा उठाएर डिटोल साबुन, सरफ, बाल्टिन, जग र ब्रस लगायतका आवश्यक पर्ने सामग्री खरिद गरेर राख्नु भएको छ । । यतिमात्र हैन । कुरुवाहरुले शुक्रबार कुरुवा घर वरिपरिको फोहोर मैला पनि सफाई गर्नु भएको छ । ।

 196386561_516267466089155_4649625524308246100_n