धरान /  यो दृष्य धरानको भानु चौकको हो । यो स्थानमा दैनिक गाडीको ओहोर दाहोर हुने गथ्र्यो । एक स्थानको सामान अर्को स्थानमा पु¥याउने काम हुथ्यो । ती समान धरान बजारमा यि नै मजदुरले लोड अनलोड गथ्र्ये । बैशाख १४ गतेदेखि सरकारले निषेधाज्ञा जारी गरेको छ । यातायात ठप्प छ । यातायात ठप्प हुदाँ यस्ता दैनिक काम गरेर गुजारा गर्ने मजदुरहरुको विजोक भएको छ ।majdur1
दैनिक समान लोडअनलोड गरेर ४/५ सय कमाउने यि मजदुर केही काम पाइन्छन् की भनेर चौक निस्कन्छन् तर केही नपाए पछि आफ्नै ठेलामा दिनभरी सुतेर घर फर्कछन् । सरकारले निषेधाज्ञा जारी त ग¥यो तर यस्ता गरि खाने मजदुरको पीडा सुनेन । उनीहरुको बैकल्पिक व्यवस्था राज्यले गर्नु पर्ने हो तर गरेर । विगतमा सामाजिक संस्थाहरुले राहत बाढे पनि यसबेला यस्ता संस्थाहरु पनि उनीहरुसम्म पुगेका छैनन् । भोको पेटमा काम नपाएर निदाउन बाध्य मजदुरको पीडामा मलम कस्ले लगाउने । उनीहरुको चित्कार कस्ले सुन्ने । रोगले भन्दा पनि यि मजदुरहरु भोगले मर्न बाध्य बनिरहेकाबारे सरकारको ध्यान जानु पर्छकी पदैंन् ?

 majdur copy