धरान / कोभिड–१९ को दोस्रो लहर शुरु भएयता यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा २० वटा जटिल किसिमको शल्यक्रिया भएका छन् ।
जेष्ठ अन्तिम सम्ममा २० वटा त्यस किसिमका शल्यक्रिया भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहाल लगायतको टिमले ३ वटा न्यूरो सम्बन्धि जटिल शल्यक्रिया गरेको छ । अचेत अवस्थामा आएका, आखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका विरामीहरुको सफल शल्यक्रिया गरिएको छ । त्यसैगरी जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा. सुरेश प्रसाद साह, डा. निर्मल साह, डा. रुपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठ लगायत अन्य चिकित्सकबाट ७ वटा जटिल किसिमका शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको डा. पोखरेलले जानकारी दिनुभयो ।
शल्यक्रियाको क्रममा ४ वटा सानो आन्द्राको शल्यक्रिया, २ वटा एपेन्डिक्सको शल्यक्रिया र १ वटा ठुलो आन्द्राको शल्यक्रिया सम्पन्न गरिएको थियो । त्यसैगरी १२ इन्च लामो रडले करéको हाडलाई छेडी फोक्सो र मुटुमा चोट पु¥याएको विरामीको जटिल शल्यक्रिया पनि सम्पन्न गरिएको थियो। कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले उक्त जटिल शल्यक्रियासम्पन्न गरेको थियो ।
त्यसैगरी प्रतिष्ठानको नाक, कान, घांटी विभागका डा. शंकर प्रसाद साह र डा. ऋषीराज साहको टोलीले एक संक्रमित विरामीको घांटीमा अड्किएको हड्डीको पनि निकालेको थियो ।
यसैक्रममा गाइनो विभागका चिकित्सकहरुले संक्रमित विरामीहरुको ८ वटा ९ वटा नर्मल डेलिभरी सफलतापुर्वक सम्पन्न भएका छन् । जस्मध्ये ५ वटा डा. दिप्ती दासले, २ वटा डा. मदन खड्का र १ वटा डा. मनोज साहले गर्नुभएको थियो । यि शल्यक्रियाहरु एनेस्थेसिया विभागका विभिन्न चिकित्सकहरु, नर्सिé कर्मचारीहरु तथा हेल्परहरुको संलग्नता रहेको प्रतिष्ठानले जनाएको छ ।