धरान  / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दन्त चिकित्सक तथा शिक्षक कल्याण समाजका अध्यक्ष बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. विष्णु पोखरेललाई प्रतिष्ठानले स्पष्टीकरण पत्र काटे पछि यहाँका चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठानको अनियमितता भयो, प्रतिष्ठानलाई राम्रो बनाउन पर्छ भनेर क्रियाशिल रहनु भएका डा. पोख्रेललाई आइतबार उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको हित विपरित काम गरेको आर।ोपमा तीन दिने अन्टिमेटमसहित स्पष्टिकरण सोध्नु भएको थियो । शिक्षक चिकित्सकहरुको हकहितमा काम गर्ने चिकित्सलाई कारवाही गरेर अन्यायत गर्न लागेको भन्दैं उनीहरुले आन्दोलन थालेका हुन ।
उपकुलपति डा।गिरीले प्रतिष्ठानको नियमावलीमा उल्लेखित आचारसंहिता विपरीत कार्य गरेकोमा कारबाही किन नगर्ने भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्नु भएको थियो ।

अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएकोमा फ्याल्कटी वेल्फेयर सोसाइटीले भने घोर आपत्ति प्रकट गरेको छ । यसको विरोध स्वरुप मंगलबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टी, जेआर र विद्यार्थीहरुले विरोध सभा समेत गरेका थिए । उनीहरुले चौबिस घण्टा भित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।
विपीको बिषयमा पत्रपत्रिकाहरुमा समाचार आइरहेको छ, त्यसबारेमा हामीले चै स्पष्टीकरण लिनुपर्ने हो, सम्बन्धित व्यक्तिले स्पष्टीकरण पत्र नपाई मिडियामा दिनुले ठूलाे षड्यन्त्र गरिएकाे एक चिकिट्टसकले बताउनु भयाे ।  यसबारे स्पष्टीकरण उहाँहरुले दिनु पर्ने शिक्षक कल्याण समाजका महासचिव डा एस. पी. रिजालले भन्नु भयो ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले प्रतिष्ठानमा भएको समस्या र बेथितीहरुबारे पदाधिकारीहरुले पनि स्पष्टीकरण नदिए शसक्त आन्दाेलन गर्ने बताउनु भयो ।