धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका बरिष्ठ चिकित्सक हाड जोर्नी विशेषज्ञ डा.विष्णु पोखरेललाई बिपी प्रतिष्ठानको सूचना चुहावट गरेको आरोपमा स्पष्टिकरण माँग गरिएको छ ।

सामाजिक संजालमा संलग्न भई प्रतिष्ठानको छविमा आँच आउने कार्य गरेको र प्रसितष्ठानका गोप्य सूचना अख्तियारलाई उपलब्द गराइएको भन्दैं उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले तीन दिन भित्र जवाफ दिन आइतबार स्पष्टिकरण सोध्नु भएको हो ।
उक्त पत्रमा उचित र पर्याप्त कारण स्पष्टिकरणमा नखुलाए पनि कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।
पत्रमा तीन पटक सचेत गराइएको र पनि नरोकिएको उल्लखे छ । बिपी प्रतिष्ठानको नियमवली २०५५ को १०.२६ बमोजिक आचारसर्हिता उलङ्घन गरेका भनिएको छ । नियमवलीको नियम १०.७ बमोजिक कारवाही अघि बढाइने पत्रमा भनिएको छ ।

यस अघि शिक्षक तथा चिकित्सकहरुको संस्था दन्तचिकित्क तथा शिक्षक कद्ययाण समाजका अध्यक्षसमेत रहनु भएका डा. पोखरेल प्रतिष्ठानएका एक मात्र दुर्विनकाे माध्यमबाट हाडजोर्नीको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्स हुनु हुन्छ । उहाँले केही समय पहिले सामाजिक सञ्जालमा प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने र निजि मेडिकल कलेजलाई काखि च्याप्ने मेडिकल माफियालाई अख्तियारसँग कार्वाहीको माँग गर्न सार्वजानिक आव्हान गरेको पोष्ट गर्नु भएको बताइएको छ । शिक्षक, चिकित्सक तथा विपद्यार्थीहरुको हकहितको लागि लामो समय प्रतिष्ठान पदाधिकारीसँग लडाई गदैं आएका पोखरेलले प्रतिष्ठानमा भ्रष्टचार मौलाएको कुरा सार्वजनिक गदैं आउनु भएको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सूचना दिएको आरोपमा उहाँलाई स्पष्टिकरण सोधिएको बताइएको छ । आइतबार मात्र अख्तियारले बिपी प्रतिष्ठानमा प्रवेश गरि महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको थियो । अख्तियार प्रमुख प्रेकुमार राईको निर्देशनमा क्षेत्रीय कार्यालय इटहरीले छापा मारेको थियो । छापा मारे लगतै डा. विष्णु पोखरेलाई स्पष्टिकरण सोधिएको बताइएको छ । शिक्षाक कल्याण समाजकाे तर्फबाट उहाँकाे नेतृत्वमा ग्रेडिङ तलव वृद्धी लगायतकाे यहाँका समस्या सुधारका लागि आन्दाेलन भएका थिए । 

यस विषयमा आफुलाई स्पतष्टिकरणको कुनै पत्र नआएको बताउनुभयो । आफुले प्रतिष्ठानका अहितमा केही काम गरेको छैन् । आफु यहाँको शिक्षक कर्मचारीहरुको हकहितमा भो लडाई लडदैं आएको व्यक्ति भएको बताउनु भयो । नागरिक समाजले समेत यहाँको बेथितिको विषयमा आन्दोलन गर्नु पर्ने अवस्थाबारे भने आफु चिन्तित भएको उहाँको भनाई छ । पत्र आए पनि मात्र यस विषयमा थप बोल्न सकिने उहाँको भनाई छ ।

अख्तियारले छापा मार्दै गर्दा उपकुलपति गिरी भने काठमाण्डौमा रहनु भएको छ । उहाँले डा. पोखरलेलाई पनि काठममाडौंबाटे कारवाहीको पत्र काटेको बताइएको छ ।

bp_letter