धरान /  पोजिटिभ समुह धरानले शनिवार एचआइभि संक्रमित तथा प्रभावित २५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन । समुहले एचआइभि संक्रमित तथा प्रभावित वालावालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोषवाट आएको व्याज रकमले खाद्यन्न सहयोग गरेका हुन ।
समुहले ५७ हजार रुपैया वरावारको प्रति परिवार २५ केजी चामल, एक लिटर तेल, एक केजी न्युटेला, एक केजी चिनि, दाल, चना र हात धुने सावुन वितरण गरेका छन । अक्षय कोष वालवालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्नको लागि स्थापना भए पनि कोरोना भाइरसको कारण शैक्षिक क्षेत्र वन्द भएकाले विपन्न परिवारहरुलाई खाद्यन्न प्रदान गरिएको पोजिटिभ समुहका अध्यक्ष तथा राष्ट्रिय एचआइभि एड्स संस्थाका केन्द्रिय कोषाध्यक्ष खगेन्द्र खड्काले जानकारी दिनु भयो । शैक्षिक क्षेत्र खुला भएपछि वालवालिकाको शिक्षामा नै रकम खर्च गरिने खड्काले वताउनु भयो ।
यो महामारी र लकडाउनको समयमा धरान पोजिटिभ समुहले गरेको कार्य सराहनिय रहेको नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले मन्तव्यको क्रममा वताउनु भयो ।
खाद्यन्न सहयोग धरान रनका अध्यक्ष रोमु राईलगायत संस्थाका पदाधिकारीहरुको उपस्थितिमा गरिएको थियो ।
तस्विरः विकास चाम्लिङ राई