धरान । धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले आज उपमहानगर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने भएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरुबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिनुभयो । गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्मा कोभिशिल्डको दोश्रो मात्रा खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोश्रो मात्राको खोप पुरा भएको थियो भने सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाईने भएको हो ।
उपमहानगरपालिकाले गत फागुन २३ गते पछि कोभिशिल्डको पहिलो मात्रा लगाई दोश्रो मात्रा पर्खिरहेका व्यक्तिहरुका लागि नेपाल सरकारबाट खोप छिट्टै उपलब्ध गराउने तयारी गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

 

र्