धरान  / १४ दिनको अस्पताल बसाइपछि बरिष्ट गायक दीप श्रेष्ठ बिहिबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । अक्सिजनको कमी भएर केहि असजिलो भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना हुनु भएका गायक दीप श्रेष्ठलाई अस्पतालमा पुगेपछि जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

अस्पतालमै उपचाररत गायक श्रेष्ठ अहिले भने पूर्ण स्वस्थ भएर घर फर्किनु भएको द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सुशिल नेपालले बताउनु भयो। अब गायक श्रेष्ठ घरमै आराम गर्नुहुनेछ। गायक दीप श्रेष्ठ द भ्वाइस अफ नेपालको महागुरु कोच समेत हुनु हुन्छ।
बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई उहाँकै गीतहरु बितेका कुराले तथा हुँ यात्रीम एउटा गाएर सम्मान व्यक्त गर्दै अस्पतालबाट बिदाई गरेका थिए ।ह्विलचेयरमा बसेर सबैलाई अभिवादन गर्दै अस्पतालको क्याबिनबाट प्रशन्न मुद्रामा गायक श्रेष्ठ बाहिरिनु भएको थियो ।