फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा सहकारी संस्थाले मङ्गलबार स्वास्थ्य चौकी फत्तेपुरलार्इ अक्सिजन सिलिण्डर र इन्भटर बितरण गरेको छ।
२०५१ सालमा स्थापित फत्तेपुर स्वास्थ्य चौकीमा चौविसै घन्टे सेबा सुचारु गरिएता पनि बत्ति नभएको बेला बैकल्पिक ब्यावस्था नभएका कारण मोबाइल बालेर बिरामी हेर्नु पर्ने भएकाले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकी फत्तेपुरलार्इ ८१ हजार बराबरको एक थान इन्भटर दुइ थान इन्भटरको ब्याट्री प्रदान गरेको हो ।
कोभिड १९ को महामारीमा अक्सिजन अभाबको कारण कतिपय बिरामीको मृत्यु हुने गरेकोले सहकारीले स्वास्थ्य चौकीलार्इ ७५ हजार बराबरको ५ थान अक्सिजन सिलिण्डरसमेत दिएको त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी सहकारीले फन्टलाइनमा खट्ने प्रहरी चौकी फत्तेपुर , ट्राफिक प्रहरी, शशस्त्र प्रहरि र सञ्चारर्कीहरुलार्इसमेत स्वास्थ्य सामाग्री माक्स सेनिटाइजरसहित सहकारीले जम्मा १ लाख ६१ हजार ४ सय २५ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको संस्थाका ब्याबस्थापक दिपक कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी सप्तकोसी नगरपालिकका नगर प्रमुख उत्तमकुमार शर्माले हामी सबैले आफ्नो सामाजिक उत्तदायित्व बहन गर्दै यो स्वास्थ्य चौकी र्इ सुबिधा सम्पन्न बनाउनु पर्ने र स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य सेबा प्रबाहमा कुनै कमि राख्नु नहुने बताउनु भयो । अब चाडै नगर भित्र नगर अस्पताल र सर्पदश उपचार केन्द्र सन्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

 

192178315_204034998128543_692828409239289987_n