मायालुले माया लाउन छाड्यो अचेल
आँखामा पनि  छाउन  छाड्यो अचेल ।

उसको बाटो हेर्दाहेर्दा आँखा ताति सक्यो
खै के भयो कुन्नि आउन छाड्यो अचेल ।

मलाई देख्ने बित्तिकै मुस्कुराउथ्यो माया
त्यो मुहारमा जून पाउन छाडयो अचेल ।

स्वरको धनी प्रतिभाशाली सम्मान पाएको
त्यस्तो मान्छले गित गाउन छाड्यो अचेल ।

म भनेपछि भुतुक्क हुन्थ्यो पहिला पहिला
किन होला म कहाँ धाउन छाड्यो अचेल ।
सरिता तुलाधर
बिराटनगर