धरान / पारीस्थिति (प्राकृतिक ) प्रणाली सुधारको लागी पुनस्र्थापना भन्ने नाराका साथ शनिवार विश्व वातावरण दिवश मनाइएको छ ।
धरानमा पनि हरेक वर्ष सर्दु जलाधार क्षेत्रमा सरसफाई तथा वृक्षारोपण गरेर मनाउर्दै आएको वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल ) ले यस वर्ष भने सरकारले वजेट मार्फत चुरे क्षेत्रको ढुगा, गिटी, वलुवा वेच्ने गरेको निर्णयको विरोध गर्दै मनाएको छ ।
स्वास्थ्य मापदण्डलाई पालना गर्दै सेडका पदाधिकारीहरु मात्र भेला भएर चुरे क्षेत्रवाट भारत तर्फ ढुगा गिटि वालुवा निकासी गर्ने सरकारको अव्यवहारीक नीतिको साकेतिक विरोध गर्न छातिमा व्यानर टासेका थिए । व्यानरमा “चुरे क्षेत्रवाट ढुगा गिटि वालुवा निकालेर विदेशमा निकासी गर्ने वातावरण विरोधी नीति खारेज गर खारेज गर । तराई को पानी टंकी, जैविक विविधताको खानी चुरे क्षेत्रको दोहन गर्न वन्द गर वन्द गर । सर्दु जलाधार क्षेत्रको सरक्षण गर । ” भन्ने जस्ता नारा लेखिएको थियो ।
भानुचोकमा भेला भएका सिमित वातावरण अभियन्ताहरुले नेपालको नक्सा माथि वालुवाको थुप्रो वनाई त्यस माथि सुकेका झिक्रा राखी चुरेको दोहन गरियो भने भविष्यमा भोग्नु पर्ने प्राकृतिक विपतिको सांकेतिक विरोधको झाकी पनि प्रस्तुत गरेको सेड नेपालका अध्यक्ष तथा सञ्चारकर्मी आनन्द श्रेष्ठले वताउनु भयो ।
भेलामा सेड नेपालका पदाधिकारी वाहेक सामाजिक अभियन्ता महेश श्रेष्ठ, निश्चल पलिखेलगायतको सहभागिता रहेको थियो । सरकारले हालैको वजेटमा वैदेशिक व्यापार घाटा घटाउन चुरे क्षेत्रवाट ढुगा गिटि वालुवा को निकासी गर्ने गरेको निर्णयको सर्वत्र विरोध भईरहेको छ । ७ वर्ष भित्र ५ अर्व खर्च गरेर राष्टपति चुरे सरक्षण कार्यक्रम भईरहेको छ तर वर्तमान सरकारले भने सोहि सरक्षित चुरे वाट ढुगा गिटी वालुवा निकाल्ने निर्णय गरेर पुरानो नीति मान्यतालाई धज्जी उडाएको महेश श्रेष्ठले बताउनु भयो ।