धरान / ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्तीका लागि फारम खुलेको छ । कोडिभ महामारीका कारण यस पटक अनलाइनबाटै नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को महामारीको कारण यस्तो व्यवस्था गरेको पोखरास्थित ब्रिटिश क्याम्पले मंगलबार जानकारी गराएको छ । जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकेको छ । यस्तै, रेक्रुट इन्टेक २०२२ को लागि १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेको युवाले मात्र नाम लेखाउन पाउने मापदण्ड बनाइएको क्याम्पले जारी गरेको सूचनामा जनाइएको छ । अनलाइन फाराम भर्न ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमार्फत् जानकारी दिने भनिएको छ ।

ब्रिटिश क्याम्पका डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलका अनुसार रजिस्ट्रेसन अनलाइनमार्फत हुने र २८ जुनदेखि तीन हप्ताभित्र फारम भरिसक्नु पर्ने छ । यो बर्ष १९ देखि २१ वर्षकाले मात्र दर्ता गराउन पाउने मापद०ड बनाएको छ । यस अघि १८ बर्ष पुगेका नागरिकले पाउने गरेका थिए ।

आउँदो वर्ष ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरतर्फ १ सय ४० जना छनोट हुने बताइएको छ । ब्रिटिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स दुवैतर्फ एउटै शैक्षिक योग्यता तोकिएको छ । सन् २०१६ सम्म एसएलसी दिएर थर्ड डिभिजन वा २०१६ पछि एसईई गरेकाले पाँच विषयमा ‘सी ग्रेड’ हासिल गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ । अंग्रेजी र गणित विषयमा ‘सी लेभल’ प्राप्त गरेकोलाई मान्यता दिने जनाएको छ ।
कम्पार्टमेन्टबाट पास भएर कम्प्युटर इन्जिनियरिङ पढेकालाई स्विकार्य हुने तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट प्राविधि शिक्षा लिएकालाई मान्यता नदिइने छ ।
यस अघि पोखरा र धरानबाट भर्ना लिने गरिदैं आएको थियो । पूर्वका विभिन्न स्थानबाट धरानमा लाहुरे भिड्न युवाहरु तालिम लिदैं आएका छन् , तग बर्ष कोरोनाका कारण भर्ना लिइएको थिएन । तर यो बर्ष अनलाइनबाट नाम दर्ता गरेर भर्ना लिने व्यवस्था मिलाएको छ ।