धरान / सरकार घोषणा गरेको निषेधज्ञालाई पालन गरेर बसेका नागरिकका लागि राज्यले आवश्यकीय खाद्यान्न सामाग्रीको आपूर्ती, आपतकाल स्वास्थ्य सेवा र अन्य आपतकालिन सेवाहरुको व्यावस्थापन गर्न संघीय लोतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।
जनताको सुरक्षाको लागी निर्देशित गरेको नीति, नियम पालना गर्न सबै नागरिकलाई पार्टीले आगैह गदैं निषेधज्ञाको पालन गरेर बसेका नागरिकका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नु पर्ने माग गरेको छ ।
सुनसरी जिल्ला पार्टीका अध्यक्ष अमर ईजम लिम्बु र सचिव निर्मल राईले विज्ञप्ति जारी गरि लकडाउनको समयमा जनतालाई कानुन बनाएर लकडाउन घोषणा गरेर घर बाहिर ननिस्कने आदेश दिएर मात्र नहुने उनीहरुको उचित व्यवस्थाप पनि गर्नु पर्ने बताउनु भएको छ ।

विपन्न, निम्न वर्ग र ज्यलादारी गरिखाने मजदुरहरुलाई राहतको व्यवस्था तत्काल गर्न विज्ञप्तिमा भनिएको छ । लकडाउनको मौका छोपेर कृतिम अभाव सृजनागरी कालावजारी, महङ्गाई जस्ता विकृतिहरु उग्ररुपमा बढेको भन्दैं तीनै तहको सरकारको ध्यान तेतातिर पनि जानु पर्ने पार्टीले भनेको छ । ‘राज्यले यि सबै विषयहरुको व्यवस्थापन गरे पश्चात पनि लकडाउनको उलंघन गर्ने व्यक्तिलाई सक्तिका साथ कार्यवाही गर्दा सहस्र स्विकार्न बाध्य हुन्छन । तर हचुवाको भरमा लकडाउनको समय सिमा मात्र थप्दै जाने र जनताको आवश्यकताको ध्यान नदिने हो भने लकडाउन प्रभावकारी हुन सक्दैन् ।’–जारी विज्ञप्तिमा भनिएको छ ।