धरान / यहाँको बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुर र धरानका दुई सङ्क्रमितको ज्यान गएको छ । धरान–१६ का ५५ बर्षीय एक महिला र भोजपुर–का ५८ बर्षीय एक पुरुषको हिजो साँझ ज्यान गएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार धरानका संक्रमितको जेठ १४ गते नै भर्ना गरिएको थियो । अर्का भोजपुरका सङ्क्रमितको जेठ १४ मै भर्ना गरिएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।