धरान / कोरोना संक्रमणबाट नेपाल बोर्डकाष्टिङ एशोसिएसनका(वान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

विराटनगरस्थित विराट शिक्षण अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेटमा ५० बर्षीय न्यौपानेको निधन भएको अस्पतालका फोकल पर्सन चन्द्र देवले जानकारी दिनुभयो ।
इटहरी घर भएका सप्तकोशी एफएमका स्टेसन मेनेजरसमेत रहुन भएका न्यौपाने १५ दिन अघिदेखि अस्पतालमा हुनुहुन्थ्यो । एक साता अघिदेखि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

न्यौपानेलाई उपचारको क्रममा रेमडिसिभर औषधी प्रयोग गरिएको थियो भने प्लाज्मा थेपारी पनि गरिएको थियो ।
उहाँ नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डको सदस्य पनि रहनु भएको थियो । उहाँ नेकपा एमाले प्रचार विभाग केन्द्रीय सदस्य पनि रहनु भएको थियो ।