धरान / प्रगतिवादी साहित्यकार एवम् निर्भीक पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा प्रेस सङ्गठन नेपाल १ नम्बर प्रदेश र सुनसरी जिल्लाले नेपाल पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सङ्गठनका प्रदेश इन्चार्ज राजन केडी, संयोजक श्रीशिसा राई र जिल्ला संयोजक अर्जुन शर्माले महासङ्घका अध्यक्ष जनकऋषी राई र उपाध्यक्ष गणेश निरौलालाई मास्क, सेनिटाईजर र इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि हस्तान्तरण गरेको हो ।

अग्रपङ्क्तिमा रहेर पत्रकारिता गर्ने जिल्लाका पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा अवलम्बन गर्न र सङ्क्रमित पत्रकारहरूलाई इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि प्रदान गरिएको प्रदेश इन्चार्ज केडीले जानकारी दिनु भयो ।
स्वास्थ्य सामग्री एक द्वार प्रणाली मार्फत वितरण होस भन्ने उद्देश्यले सम्पूर्ण पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको सङ्गठनका प्रदेश संयोजक राईले बताउनु भयो ।
कोभिड १९ काकारण औपचारिक कायक्रम केही गर्न नपाए पनि समस्यामा परेका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको सङ्गठनका जिल्ला संयोजक अर्जुन शर्माले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष शालीग्राम पाण्डे, नेपाल पत्रकार महासङ्घका प्रदेश समिति सदस्य पिबि दियाली, महासङ्घका प्रदेश परिषद् सदस्य विशाल राई, महासङ्घका जिल्ला सह(सचिव तीर्थ कार्कीलगायतको उपस्थििति रहेको थियो।