धरान / भोजपुरको आमचोक गाउँपालिकास्थित वालंखा प्रहरी चौकीमा कार्यरत एक प्रहरी हवल्दार तीन दिनदेखि दुधकोशीमा बेपत्ता हुनु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका पनीमा घर भएका प्रहरी हवल्दार रोशन श्रेष्ठ आमचोक र चौदण्डीगढी नगरपालिकाको रानीटार सिमानामा तीन दिनदेखि दुधकोशीमा बेपत्ता हुनु भएको हो ।
उदयपुरको चौदण्डी नगरपालिकाको सिमानामा पर्ने रानीटार सिमा नाकामा कोरोना नियन्त्रणका लागि गाउँपालिकाले उहाँलाई खटाएको थियो । श्रेष्ठ सोमबार दिउसो २ बजे नुहाउन दुध कोशीमा पसेका थिए । नुहाउने क्रममा उहाँलाई नदिले बगाएको बताइएको छ ।
घटना लगत्ते स्थनीयवासी, प्रहरीले उहाँको खोजी गरेको थियो । गाउँपालिकाको समन्वयमा उहाँको खोजी भइरहे पनि हालसम्म फेला परेका छैनन् । मंगलबार सशस्त्र प्रहरीको गोताखोर टोलीले दिनभर खोजी गरेको थियो । तर हालसम्म फेला नपरेको अआमचोक गाउँ गाउँपालिकाका अध्यक्ष अशोक राई जानकारी दिनुभयो ।
अध्यक्ष राईका अनुसार कोभिड १९ नियन्त्रण अभियानको क्रममा रानीटार भोजपुर खण्डमा स्वास्थ्यकर्मीसहितको हेल्प डेक्समा उनी खटिएका थिए । सो सिमानामा गाउँपालिकाले सुरक्षाकर्मी, जनप्रतिनीधि र स्वास्थयकर्मीसहितको टोली खटाएको छ ।