विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गर्नु भएको छ । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईले भन्नु भएको छ, बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।
त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भएको छ ।
यसै गरि सभामुख भण्डारीले पनि शुभकामनासन्देश जारी गरि हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको बताउनु भएको छ ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै भौगोलिक, धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास आफुले विश्वास लिएको सन्देशमा भनिएको छ ।

नेपालीको साझा पर्वका रुपमा विकसित हुँदै गरेका सामाजिक सद्भाव, रीतिथिति, सँस्कार र सँस्कृतिको निरन्तरताको रुपमा हामीहरुले मनाउदै आएका चाडपर्वहरुले हाम्रो सँस्कृतिक विविधता, पहिचान एवंम् अस्तित्वलाई जोगाउने कुरालाई स्मरण गर्दै बैशाख पुर्णिमाको दिन मनाईने मौलिक सँस्कार र सँस्कृतिक विविधताले सम्पन्न पितृ तथा प्रकृति पुजक किराँत समुदायको महान पर्व उभौलीको शुभअवसरमा हाम्रा मौलिक चाडपर्वहरुले सँस्कार, सँस्कृतिहरुको संरक्षण, संम्बद्धन गर्दै सम्पूर्ण नेपाली जातजातीबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गरी देशको समृद्धि एवंम् विकासको लक्ष्य प्राप्तिका निमित्त अग्रसर हुन प्रेरणा प्रदान गरेको उहाँलेबताउनु भयो ।
उहाँले
विश्वव्यापी महामारी कोरोना संक्रमणबाट हाम्रो समाज तिब्र गतिमा प्रभावित भईरहेको अवस्था छ । संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो छ । यस्तो महामारीको जोखिमलाई कम गर्दै उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने भन्दैं स्वास्थ्य सुरक्षाका संभव सबै उपायहरु अबलम्वन गर्नआग्ह गर्नु भएको छ ।