धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सुनसरीमा रहेका क्रियाशिल पत्रकारहरुका लागि वितरण गर्न फोटो पत्रकार महासंघले ३ हजार पाँच सय थान मास्क र साढे तीन लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई मङ्गलबार हस्तान्तरण गरेको हो ।
एकद्वार प्रणालीमार्फत् स्वास्थ्य सामग्री वितरण गर्ने उद्देश्यले पत्रकारहरुको साझा संगठन पत्रकार महासंघलाई सामग्री वितरण गरिएको जिल्ला अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिनु भयो ।

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । महासंघका अध्यक्ष जनकऋषि राईले विभिन्न संस्था तथा शुभेच्छुकबाट प्राप्त सामग्री प्राथमिकताको आधारमा पत्रकारहरुलाई वितरण गरिने बताउनु भयो । यसअघि माधव नेपाल समूहको प्रेस चौतारी नेपाल ले पनि ५ हजार पिस माक्स, साढे चार लिटर सेनिटाइजर, हेण्डवासलगायतका सामाग्री महासंघलाई हस्तान्तरण गरेको थियो । चौतारीले अघिल्लो वर्षको महामारीमा पत्रिका वितरकलाई खाद्यान्न र पत्रकाहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरेको थियो ।