धरान / लकडाउनको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । सोमबार राती ठूलो मात्रामा गाँजा भएको एम्बुलेन्सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीका अनुसार राती करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको थियो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको पाइएको इन्स्पेक्टर ओलीले बताउनु भयो । उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा १ सय केजी गाँजा फेला परेको थियो ।
एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्नेत २८ बर्षीय पोशण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले एम्बुलेन्सको पछाडी भागमा २५ केजीको ४ वटा झोलामा एक सय किलो गाँजा राखेको अवस्थामा वरामद भएको थियो । दुवैलाई जिल्ला अदालतबाट मङ्गलबार लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका इन्स्पेक्टर हेमराज ओलीका अनुसार धनकुटाबाट सिधै भारतमा बेच्नका लागि लगिदैं गरेको प्रारम्भिक अनुसन्धानबाट खुलुको छ । ‘हामी अनुसन्धान गरिरहेका छौं । पक्राउ परेका पोशष राई र एम्बेुलेन्स चालकको मिलेमतोमा तस्कारी भएको हुन सक्छ ।’–इन्स्पेक्टर ओलीले भन्नु भयो । –‘एम्बुलेन्सबाट भारतसम्म पु¥याउन सजिलो हुने भएकाले एम्बुलेन्स प्रयोग गरेको देखिएको छ ।’