धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी भ्रष्टचारमा लिन भएर यहाँ विरामी उपचारमा लापारवाही गरेको भन्दैं यहाँका क्रियाशिल ७ राजनीतिक दलहरुले सुधारका लागि खवरदारी गरेका छन् ।
पछिल्लो समय अक्सिजन अभावले विरामी विरामीको ज्यान जाँदासमेत यहाँका उपकुलपति डा. ज्ञानेन्द्र गिरी बत्तव्यवाजी गर्न लगाएर चुपचाम बसेको भन्दैं उनीहरुले उपकुलपतिको कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् ।
अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गनु पर्र्ने लगायत विभिन्न मागहरु लिएर धरानमा क्रियाशिल राजनीतिक दलहरु नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, जनमक्ति पाटीलगायत सात वटा राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उपकुलपतिलाई खवरदारी गरेका हुन् ।

छातीमा विभिन्न सुधारका प्ले कार्ड टासेर प्रतिष्ठानको पूर्वी गेटदेखि उपकसलपतिको कार्यालयसम्म हिडेर पुगेका थिए । पदाधिकारीहरु विचको खिचातानी बन्द गर, प्रतिष्ठानको अस्थव्यस्तता अन्त्य गर, कमिसन खेलको अन्त्य गर, आइसियु कक्ष विस्तार गर, विरामी रेफर बन्द गर, सबै नागरिकलाई सुलव स्वास्थ्य सेवा प्रदान गर। स्वास्थयकर्मीहरुलाई जोखिम भत्ता उपलब्द गराउ, सबै खालका भ्रष्टचार अन्त्य गरलगायत लेखिएका प्लेकार्ड सबैको छातीमा टासिएको थियो ।
उनीहरुले कोरोना संक्रमणको दोस्रो लहर शुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा पदाधिकारीहरुको गैरजिम्मेवारीपन र लापरवाहीपन देखाएकोले खवरदारी गर्नु पर्ने बाध्यता भएको बताएका छन् ।
उपकुलपति गिरी कसै फोन पनि नउठाउने र स्थानीय तह, प्रदेश सरकार तथा स्थानीय राजनीतिक दलहरुसँग पनि कोभिड सङ्क्रमण न्यूनिकरणका लागि सहकार्य नगर्दा बिपी प्रतिष्ठान धारासायी भएको उनीहरुको भनाई छ । मुख्यमन्त्री, प्रधानमन्त्रीलाई राम्रो रिर्पोङ मात्र गर्ने तर कसैसँग समन्वय र सहकार्य नगर्ने, अस्पताल लथालिङ्ग बनाएर उपचारमा पुगेकाविरामीलाई लापारवाही गरेर ज्यान मार्ने काम उपकुलपतिले गरेको उनीहरुको आरोप छ । उपकुलपति गिरीको गैरजिम्मेवारी, असक्षमताप्रति दलका नेताले आक्रोस पाखेका छन् ।
यहाँका उच्च पदाधिकारीहरुको गैरजिम्मेवारीपनका कारण विरामीको ज्यान गएको विषयमा प्रदेश, संघ तथा जिम्मेवार निकायलाई ध्यानाकर्षण गराउन आफुहरु यहाँ भेला भएको नेपाली काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले बताउनु भयो । बिपी प्रतिष्ठानमा एउटा विरामी कतिखेर मृत्यु हुन्छ रअर्को विरामीलाई आइसियु, अकिसजन वेड दिन ेभन्ने एक अर्कोको मृत्यु पर्खेर बस्ने वातावरण आजैदेखि सुधार हुन्छ भन्ने हिसवाले आफुहरु खवरदारी गर्न आएको तामाङले बताए । स्वास्थ्य सेवा सुधार नगरेमा र कमीकमजोरी तत्काल सुधार नगरेमा थप विरोधको कार्यक्रम ल्याउने उनले चेतावनी दिए ।
विरामीहरुले आइसियु, भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको, डाइलाइसिस गर्न नपाइरहेको भन्दै उहाँले पदाधिकारीहरु भने कमिशन र भ्रष्टचारमा लिप्त भएको बताउँनु भएको छ ।
पछिल्लो समय विरामी नै भर्ना नलिने गैरजिम्मेबारी काम तत्काल बन्द नगरेर प्रतिष्ठानलाई सुधार नगरे उपकुलपति गिरीलाई जताबात आएका उतै पठाउने समेत माओवादी केन्द्रका नेता चोत्लुङले चेतावनी दिनु भयो ।
‘आफुहरु प्रतिष्ठान सुधारको अभियानमा रहेका छौं । दवाव दिइरहेका छौं । अटेर गरे पदाधिकारीहरुलाई तिनकुनेदेखि लखेट्ने छौं ।’–चोत्लुङले भन्नु भयो ।–‘बेडमा भर्ना भएका विरामीमाथि राजनीति गर्ने अनि कमाउदन्दा गर्ने उपकुलपतिलगायतका पदाधिकारी अव दलहरुको निगरानीमा परेका छन् ।’
नेकपा एमाले नगर अध्यक्ष नारायण सुवेदीले विरामीले अक्सिजन नपाएर ज्यान गुमाइरहदा उपकुलपति मुकदर्शक भएको बताउनु भयो । संघीय लिम्बुवा राज्य परिषदका सञ्जुहांग साँवाले विरामीको उपचार गर्दिन भनेर बिपीले गम्भीर लारवाही गरेको भन्दै आक्रोश पोख्नु भयो ।
जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बुले पनि प्रतिष्ठानकै उपकुलपति र पदाधिकारीहरुको गैरजिम्मेवारीपनले गर्दा लकडाउनमा पनि दबाब दिन आउन बाध्य भएको बताउन ुभयो । १०÷१२ अगाडी पदाधिकारीहरुसँग छलफलमा कोभिडको लागि तयारी अवस्थामा छौं, अक्सिजन कमी हुन दिदैनौं, हामी अन्य तिर अक्सिजन दिन सक्ने गरि हामीसँग छ भनेको १० दिनभित्रै प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएको समाचार आउनु दुख्द भएको बताउनु भयो । गफाडी उपकुलपतिका कारण विरामी समस्यामा परेको बताउदैं यसको लागि राजनीतिक दलहरु प्नि जिम्मेवार हुने भएकाले दवावका लागि आएको लिम्बुले बताए । धरानका राजनीतिक दलहरु उपकुलपतिको गैरजिम्मेवारीपन टुलुटुलु हेरेर नस्ने उहाँले बताउनुभयो ।
आफन्त, नातागोतालाई पोष्न नियुक्ति गर्ने र कामाउने मात्र पदाधिकारीको प्रवृति हामीलाई सहय नहुने भन्दैं विरामीको नियमित भर्ना उपचार र उचित व्यवस्थापन गर्नु पर्ने उहाँले बताउनु भयो ।
बिपी प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट भए पनि उचित व्यवस्थापनको अभावले पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको थिएन । आधा सञ्चालनमा आएको पनि विग्रिएर अकिसजन आपूर्ति ठप्प भएको थियो । जसले गर्दा कोभिड अस्पतालमा गत सोमबार, मंगलबार, बुधबार र विहीबारको अवधीमा १८ जना विरामीको मृत्यु भएको थियो ।
दलहरु खवरदारीमा उपकुलपति भने काठमाडौंतिर
दलहरुका नेता प्रतिष्ठानका खवरदारी गदैं गर्दा उपकुलपति गिरी भने काठमाडौं तिर लागेको बताइएको छ । बिपी प्रतिष्ठानको लापारवाहीको विषयमा दैनिक समाचार आउने र दलहरुकोसमेत दवाव आए पछि उहाँ दवावमा परेको श्रोतले बताएको छ । उहाँ आफ्नो पद बचाउन काठमाडौं लाग्नु भएको छ । उपकुलपति गिरी प्रतिष्ठानको समस्या बसेर सहकार्य गरेर समाधान गर्ने भन्दा पनि आफ्नो पद कसरी बचाउने भन्ने तिर मात्र ध्यान दिने गरेको प्रतिष्ठानका एक अधिकृत बताउँनु हुन्छ ।191299145_476011366965084_4903055832396158649_n