काठमाडौं /  नेपालका लागि नेपाली पार्टीले सरकार निर्माणमा फ्लोर क्रसलाई सत्ता र सत्ताको लडाईमा लागेका सबै दल र नेताहरुले मूल राजनैतिक हतियार बनाएको परिदृश्यले संसदीय प्रणाली, संविधान र व्यवस्था नै अन्त्यको सङघारमा पु¥याएको बताएको छ ।
शनिवार उक्त पार्टीका अध्यक्ष डा. सुरेन्द्र भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएकोछ, ‘यस्तो अवस्थामा पनि यही संसद, संबिधान र व्यवस्था चाहिन्छ भनि गरिने तर्क वा आग्रहले मुलुकलाई दुर्घटना तर्फ लाने निश्चित छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘ अब व्यवस्था र संबिधानको बिकल्प खोज्न जरुरी भएकोले शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्बाचन दुवैका माध्यमबाट परिबर्तन र रुपान्तरणका लागि लाग्नु पर्ने अवस्था उत्पन्न भएको छ ।’
निर्बाचन कोविडको महामारी फैलाउने संयन्त्र बन्न हुँदैन भन्ने उक्त पार्टीको धारणा रहेको विज्ञप्तीमा स्पष्ट पारिएको छ । मुलुकमा देखिएको चरम राजनैतिक बिकृतिकालागि सत्ता र सत्ताको खेलमा चुर्लुम्म डुबेका सबै दल र नेताहरु यो अवस्था आउनुको जिम्मेवार छन् । विज्ञप्तीमा थप प्रस्टपार्दै भनिएको छ, ‘यद्धपि ‘नेपालकालागि नेपाली’ पार्टीले भाबी निर्बाचनलाई भ्रष्टाचारीलाई पराजित गर्ने अस्त्रको रुपमा सदुपयोग गर्ने निर्णय गरेको छ । शनिवार उक्त पार्टीको केन्द्रिय समितिको बैठकले अब पुरातानिक संसदीय प्रणाली त्यागेर प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रि, संसदहरु मन्त्रि बन्न नपाउने व्यवस्था, र संसद संख्या ११५ मा नबढ्ने व्यवस्था हुनेपर्ने माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘बिदेशमा बस्ने नेपाली नागरिकले पनि मतदान दिन पाउने व्यवस्था र ‘नो भोट’को व्यवस्था समेत गर्नुपर्दछ ।’
उक्त पार्टीले अबको निर्वाचन हुनुभन्दा अगावै निर्बाचन प्रणालीमा व्यापक सुधार नल्याएसम्म पुरानै प्रबृति दोहोरिने आशंका गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘गणतन्त्रले मुलुकका समस्याको सम्बोधन नसक्ने प्रस्ट भएको हुँदा संघियताको र धर्म निरपेक्षताको खारेजी गरी धर्म सहिष्णु र धर्म सापेक्ष र एक्काईसौं सताब्दीको लोकतन्त्र सहितको आधुनिक राजसंस्था राज्य स्थापना गरेर मात्रै नेपाल र नेपालीको गौरब, स्वाभिमान र एकता बच्ने छ ।’ यसका लागि उक्त एजेन्डामा सहमत हुने सबैसंग सहकार्य गर्न नेपालकालागि नेपाली पार्टी तयार रहेको बताएको छ ।