धरान / जबरजस्ती करणी प्रयास गरेको आरोपमा रामधुनी-८ तीन कुने घर भएका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । इनरुवा(३ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षिय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आफ्नी श्रीमतीको पहिलो श्रीमान पटिकी कान्छी छोरीलाई ती युवकाले करणी गरेका थिए । आमालाई भेट्न भनि आएर आमा संगै ८्/१० दिन देखिसंगै बस्दै आएकी उनलाई जेठ ५ गते राती आमा निदाएको मौका पारी नौं वर्षिय ती बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । पीडीत परिवारको उजुरीको आधारमा फरार रहेका ती युवकलाई आइतबार विहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा-८ बङकुल्वा पूर्वी टोलबाट पक्राउ गरेको एसपी थापाले जानकारी दिनु भयो । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान प्रकृया सुरू गरिएको प्रहरीले जनाएको छ ।