धरान / सुनसरीका क्रियाशिल पत्रकाहरुको लागि प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
शनिवा रधरानस्थित महासंघको कार्यालय मै पुगेर ५ हजार थान मास्क, साढे ४ लिटर स्यानिटाइजर र १३ थान ह्यान्डवास हस्तान्तरण गरेको हो । नेपाल पत्रकार महासंघ प्रदेश समिति सचिव समेत रहनु भएका प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला संयोजक प्रेम बाँस्तोला, सहसंयोजक योगेश बाबु काफ्ले, सचिव विकास चाम्लिङ राई लगायतकोको सकृयतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जिल्ला सचिव विकाश चाम्लिङले जानकारी दिनु भयो ।
अग्रपङितमा खटिएका पत्रकारहरुलाई आफैँ वितरण गर्न सक्ने भए पनि पत्रकारको साझा संगठन पत्रकार महासंघ भएकोले एकद्वार प्रणालीबाट वितरण होस भनेर महासंघलाई जिम्मा लगाइएको संगठनका सुनसरी संयोजक प्रेम बास्तोलाले जानकारी दिनु भयो ।

सरकारले राहत वितरण कार्यक्रम सञ्चालन नगर्न भनिरहेको हुदा कुनै पत्रकारहरुलाई आर्थिक समस्या परेको खण्डमा पनि प्रेस चौतारी नेपाल सुनसरीले भविष्यमा हातेमालो गर्ने सचिव विकास चाम्लिङ राईले बताउनु भयो । एकद्वार प्रणालीबाट वितरण गर्ने जिम्मेवारी दिएकोमा प्रेस चौतारी नेपालका सम्पूर्ण टिमलाई पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राइले धन्यवाद दिनु भएको छ । उहाँले जोखिममा पर्ने पत्रकाहरुलाई यो सामाग्री भोली देखि नै वितरण गरिने बताउनु भयो ।