धरान / कोरोना महामारीले अस्पतालमा बेड अभाव अक्सिजन अभावका समस्या विकराल देखिएको भन्दैं तत्काल अस्थायी कोराना अस्पताल निर्माण गरेर व्यवस्थापन गर्न संघीय सांसद जयकुमार राईले सरकारसँग अनुरोध गर्नु भएको छ ।
सुनसरी क्षेत्र नं. १ का सांसद राईले विरामीलाई उचित मात्रामा भेन्टिलेटर, आइसियु वेड, अक्सिजनको व्यवस्था गदैं रोग नियन्त्रणका लागि उचित व्यवसथपन गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले विज्ञप्ति जारी गरि लामो समयदेखि निशेधाज्ञा लागु भएका स्थानमा मजदुर, विद्यार्थी तथा साना व्यवसायीहरुमा घर गुजारा गर्न कठिना भएकाले उनीहरुको व्यवस्थापनका लागि पनि राहतका कार्यक्रम ल्याउन सरकारलाई ध्यानाकर्षण गराउनु भएकाे छ ।
उहाँले कोरोना परीक्षणको दायरा बढाउदैं कोरोना विरुद्धको भ्याक्सिन जनता समक्ष पु¥याउन समेत आग्रह गर्नु भएको छ । उहाँले स्थानीय पालिका मार्फत सबै जनतामा भ्याकिसज पु¥याउने काम सरकारले गर्नु पर्ने उहाँको सुझाव छ ।

jay copy