धनकुटा / नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघले बिशेष राष्ट्रिय अभियान अन्तर्गत फ्रण्टलाईनमा बसेर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा स्वास्थ्य सामाग्री वितरण गरेको थियो । यस अघि उदयपुरमा वितरण गरिएको खेलकुद महासंघ उदयपुरका सचिब मिलन रिजालले जानकारी दिनु भयो । एमाले भातृसंगठन नेपाल खेलकुद महासंघले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, इलाका प्रहरी कार्यलय, कोभिड अस्पातललाई सेनिटाईजर, माक्स, फेस शिल्ड लगायतको सामाग्री हस्ताणतरन गरेको हो ।
स्वास्थ्य सामाग्री हष्तान्तरण कार्यक्रममा महासंघका वरिष्ट केन्द्रीय उपाध्यक्ष तथा अभियानका संयोजक पर्शुराम बस्नेत, पमहासचिव रामकृष्ण खड्का, शान्तिमाया परियार केन्द्रीय सचिव शम्भु पौडेल, केन्द्रिय सदस्य बिन्दा थापा, निरज घिसिङ, तारा तमाङ, शंकर सिंह, सीता राई, केन्द्रिय सचिवालय सदस्य गणेश बस्नेतलगायतको टोली रहेको छ ।

186543130_335003404896161_3907994521730226171_n