धरान / मारवाडी समुदायको युवाहरुको संगठन राउण्ड टेवल धरान २६ ले कोरोना महामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो ।

जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरिएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले जानकारी दिनु भयो ।

महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भए पनि सहयोग पुर्याउने उद्देश्यले सामाग्री वितरण गरीएको उहाँले बताउनु भयो ।

सामाग्री हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले महासंघलाई सहयोग गरेकोमा राउण्ड टेवललाई धन्यवाद दिदै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई आवस्यकताको आधारमा वितरण गरिने बताउनु भयो ।