धरान / इसाई धर्मका गुरु रोबर्ट कार्थकको आज मंगलबार बिहान ३:३० बजे बि एण्ड बि हस्पिटलमा उपचारको क्रममा निधन भएको छ !

सन १९२६ जनवरी १० तारिकका दिन कालिम्पोंङमा जन्मनु भएका ९६ वर्षीय इसाई धर्मगुरु कार्थक बिगत २ हप्तादेखि कोरोनाका कारण बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो । ५० वर्ष पहिले भारत कालिम्पोंङबाट नेपाल आउनुभएका कार्थक नेपाली इसाई मण्डली ( नेईम चर्च ) ज्ञानेश्वरका संस्थापक पास्टर तथा नेपाल र नेपाल बाहिर रहेका नेपाली इसाईहरूको सम्माननिय व्यक्तित्व हुनुहुन्थ्यो !

उहाको २ छोरा बुहारी र ३ जना नातिनिहरु छन ! जेठो छोरा सामूयल कार्थकलगायत परिवारका अन्य सदस्य हस्पिटलमै उपचाररत हुनुहून्छ भने कान्छो छोरा र परिवार अमेरिकमा बस्दै आउनु भएकाे छ । उहाँको आज नै इसाई परम्परा अनुसार टेकु स्थित बागमति र विष्णुमतिको दोभानमा दाहसंस्कार गरिएको नेइम चर्चका धर्मगुरु सुरेन्द्र श्रेस्ठले जानकारी दिए । 

उहाँको श्वर्गारोहणमा सामाजिक संजाल मार्फ़त देश बिदेशबाट इसाई समाज, संघ संस्थाबाट लाखौ मानिसहरूले श्रद्धांजलि व्यक्त गरिरहेका छन । आशिष प्रेस्बिटेरियन चर्चका वरिष्ठ धर्मगुरु डा महेन्द्र भट्टराईले  नेपाली इसाई जगतका लागि बाइबल निर्देशित जीवन जिउनुभएका एक उदाहरणिय र सबैको अभिभावककाे निधनले ठूलाे क्षाति पुगेकाे बताउनु भयाे ।