धरान / फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि इटहरीका एक कलाकारले स्वास्थ्य सामाग्री प्रदान  गर्नुभएकाे छ ।
सुनसरीका पत्रकारहरुका लागि चलचित्र कलाकार माधव केशीले प्रेस चौतारी सुनसरी मार्फत ३ हजार पिस माक्स प्रदान गर्नु भएकाे हाे । मङगलबार धरानमा प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेश बाबु काफ्ले, सचिव विकास चाम्लिङ राईलगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।
प्रेस चौतारी नेपालले अग्रपङत्तीमा खटिएका पत्रकारहरुलाई वितरण गर्न स्वास्थ्य सामाग्री सङ्कलन गरिरहेको प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बाँस्तोलाले जानकारी दिनु भयो । विहीबार प्रेस चौतारीसँग रहेका स्वास्थ्य सामाग्री पत्रकारहरुको साझा सङ्गठन नेपाल पत्रकार महासंघ सुनसरीलाई एक मुष्ट प्रदान गर्ने र महास‌घले आवश्यकता अनुसार अनुसार उत्त स्वास्थ्य सामाग्री पत्रकारहरुलाई वितरण गर्ने चौतारीका सुनसरी सचिव विकाश चाम्लिङ राईले जानकारी दिनु भयो । ५ हजार पिस माक्स र २ लिटर सेनिटाइजर महासंघलाई चौतारीले दिन लागेको संयोजक बाँस्तोलाले बताउनु भयो ।
सुनसरीमा १२ जना पत्रकार कोरोना सङक्रमित भएको महासंघ सुनसरीले जनाएको छ । १ जना गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । १० होम आइसोलेसनमा रहनु भएको छ । एक जनाले भरखरै कोरोना जित्नु भएको छ । जिल्लामा कोरोना सङक्रमणको जोखिम बढेकोले पत्रकारहरुलाई नगई नहुने बाहेक घर बाहिर ननिस्कन पत्रकार महासङघ सुनसरीले आग्रह गरेको छ । परिस्थितिको सम्बेदनशिलता अनुसार घरमै बसेर रिपोर्टङ गर्ने तथा काम गर्ने वातवरण तयार गर्न सम्बन्धित सञ्चारगर्हहरुलाई अनुरोध गरिएको महासङघ सुनसरीका अध्यक्ष जनकऋषी राईले जानकारी दिनु भयो ।189144534_520431719369200_477937063899514593_n