नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड(१९ सँग सम्बन्धित कारणले १४५ थप जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ। हालसम्म ५ हजार एक जनाको मृतयु भइसेको छ । पीसीआर र एन्टिजन विधि गरी जम्मा १९,८८३ जनाको परीक्षण गरिएको थियो।

काठमाण्डौं भक्तपुर र ललितपुरमा २ हजार ६०९ सङ्क्रमित थपिएका हुन्। देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्। गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई शय्या पाउन निकै कठिन हुने गरेको बिरामीका आफन्तहरूले बताएका छन्। बिरामीलाई एम्बुलेन्समा राखेर ४ घण्टासम्म अस्पतालहरू घुमाउँदा बल्ल बल्ल शय्या पाएको सैनिककुमार महतोले बताए।

उनी भन्छन्, ूबिरामीलाई शय्या पाउन पनि सोर्सफोर्स चाहिँदो रहेछ नत्र मुस्किल छ। अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका बिरामीले भरिएपछि अस्पतालमा बिरामीलाई शय्या र अक्सिजनको अभाव हुँदै गएको भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले बताउनु भयो ।
नेपालको सात प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको छ।

जटिल खालका बिरामी धेरै
अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ।

चितवनमा विभिन्न जिल्लाबाट कोभिडका बिरामीहरू आउने गरेका छन्। दैनिक बिरामीहरू थपिने क्रम छ।

त्यसैले शय्या र अक्सिजनको अभाव हुन थालेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो ।
बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टर सागर काफ्ले बताउनु भयो ।

बीबीसीबाट