फत्तेपुर / सप्तकोशी नगरपालिकामा पछिल्लो समय नगरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर गएको छ । उनीहरुलाई सान्तोना दिन मेयर उत्तमकुमार गौतम घर घरमा पुग्ने गर्नु भएको छ । उपमेयर आशाकुमारी चौधरीुमेत सङ्क्रमित हुनु भएको अवस्थामा मेयर गौतम घर घर पुगेर मनोवन बढाउन लाग्नु भएको छ ।

मेयर गौतम स्वास्थ्यकमीहरु, प्रहरी चौकीका इन्चार्जलगायतको टोली लिएर सङ्क्रमितलाई भेटिरहनु भएको छ ।
गौतमका अनुसार सप्तकोशी नगरपालिकामा १५ जना होम आइसोलेसनमा बसेका छन् । नगरपालिकाले सञ्चालन गरेको आइसालेसनमा २ जना गम्भीर अवस्थाका विरामी अक्सिजन दिएर राखिएको छ । ३ जना विरामीलाई आइतबार विराटनगर कोभिड अस्पताल रेफर गरिएको मेयर गौमतले जानकारी दिनु भयो ।
नगरमा एक शिक्षकसहित दुई जनाको ज्यान गइसकेको छ । आइतबार एक सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेका विरामीहरुलाई मनोवल उच्च बनाउन सान्तोना दिन सबैको घरमा पुगेको मेयर गौतमले बताउनु भयो । स्वास्थ्य परामर्श तथा फलफुलको समेत व्यवस्था गरिएको थियो ।
पछिल्लो समय सङ्क्रमित बढे पछि नाकाबाट आउजाउ पूर्णरुपमा कडाई गरिएको छ । जनचेतनामको लागि माइकिङ गरिरहेको छ । वडाहरु विभाजन गरि स्वास्थ्यकर्मीहरु खटाइएको मेयर गौतमले जानकारी दिनु भयो । ‘वडागतरुपमा विभाजन भई जनप्रतिनीधिहरुले पनि वडा निगरानी टिम बनाएर काम गरिरहनु भएको छ । सङ्क्रमितलाई राख्न आइसोलेसन वेड १५ मात्र भएकाले थप १५ वेडको थप्ने तयारी गरिरहेका छौं ।’–मेयर गौतमले भन्नु भयो–‘जनताको सुरक्षाका लागि जनप्रतिनीधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु सबै खटिरहनु भएको छ ।’