धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।
राजविराज–६ का ३१ वर्षीय युवकको आज राती १ः४५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत बैशाख २३ गते उनलाई कोरोना पुष्टि भएको थियो । श्वास प्रश्वासमा समस्या भए पछि बैशाख २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका विरामी उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।