धरान / आजदेखि धरानमा लकडाउनमा कडाई गरिएको छ । चारैतिर प्रहरी परिचालन गरिएको छ । विहान मर्निङ वर्क जानेहरुलाई पनि होल्ड गरिएको प्रहरीले जनाएको छ । मर्निङ वर्क गदैं विजयपुर पुगेका केही स्थानीयलाई प्रहरीले चोकमा होल्ड गरेको थियो ।

lock1
धरानको मुटु भानुचोक


धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले लकडाउन कडा पार्ने भन्दै माइकिङ गर्नुका साथै आज धरानमा साबिकको भन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनु भयो । उहाँले घरमै बसेर कोरोना फैलनबाट बच्न आग्रह गर्नु भएको छ ।

tarkari bazar 1
सधै व्यस्थ हुने तरकारी बजार

अव १५ दिन धरानमा लकडाउनलाई कडाइका साथ लागु गरेर कोरोना संक्रमणदरलाई कम गराउने स्थानीय सरकार योजना अनुसार थप कडाई गरिएको हो ।
हिजो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले पनि लकडाउनलाई आज देखि कडाइ गर्ने निर्णय गरेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लकडाउन उल्लङ्घन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिनु भएको छ । तस्विरहरु: तीर्थ कार्कीbp