धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक जना धरानका सङ्क्रमितको मृतयु भएको छ ।
धरान–९ ८८ बर्षीय वृद्धको उपचाको क्रममा हिजो साँझ मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार बैशाख २९ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो श्वासप्रश्वासमा समस्या भए पछि बैशाख ३० गते अस्पताल भर्ना गरिएको थियो । धरानमा मात्र मृत्यु हुनेको सङ्ख्या १५ पुगेको धरान उपमहानगरपालिकाले जनाएको छ । विभिन्न जिल्लाको प्रतिष्ठान उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको प्रतिष्ठानले जनाएको छ ।