धरान / नयाँ भेरियन्टसहितको कोरोना भाईरसको दोस्रो लहर शुरु भए यता बैशाख १ गते देखि यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार १५९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पिसिआर परीक्षण गरिएका मध्ये एक हजार ५९ जनाको कोरोना भाइरसको संक्रमण देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले बताउँनु भयाे ।  यो पोजेटिभ भएको ३३.५२ प्रतिशत हो । यहाँ हालसम्म १५४ जनाको अस्पताल भर्ना गरिएको छ । ती मध्य पूर्ण रुपमा नेगेटिम भएर २४ जना घर फर्केका छन् भने आइसियु वेड र अक्सिजन वेडमा बसेर सामान्य भएर ३० जना भन्दा बढि घरको होम आइसोलेसनमा बसने गरि फर्किएको प्रतिष्ठानले जनाएको छ ।
स्थानीय तहहरुको समन्वयमा कोभिडको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा रहेका दुवैको पिसिआर परीक्षण गरिदैं आएको प्रवक्ता पोखरेलले जानकारी दिनु भयाे ।  एक सय बेडको कोभिड अस्पतालमा सङ्क्रमितको चाप बढेको छ । कोभिड अस्पतालका फोकल परसन डा. विकास साहका अनुसार अक्सिजन वेडका लागि १० जना विरामी पालो पर्खेर बसेको थिए । १५ वटा आइसियसु बेड, २५ वटा डिएचयु वेड र अन्य सामान्य वेड रहेका छन् ।