धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका थप एक सङ्क्रमितको मृत्यु भएको छ । ४ घण्टाको अवधीमा आज तीन जनाको ज्यान गएको प्रतिष्ठानले जनाएको छ । आजै  इटहरीका ७८ बषीय पुरुषाकाे १२: ३० र रिहाका ७० बर्षीय पुरुषको ९:५०मा मृत्यु भएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. चुढामणी पोखरेलका अनुसार धरान उपमहानगरपालिलका–१ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई बुधबार मात्र अस्पताल भर्ना गरिएको थियो । आज गरिएको परिक्षणमा उनको कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिनु भयो ।
बैशाख ८ यता भर्प्रना भएकाे १५४ मध्यमा प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।