धरान / यहाँको बिपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको पेटको जटिल किसिमको शल्यक्रिया गरिएको छ । सिराहाको कल्याणपुर का ४० वर्षिय पुरुषको आज विहान आकस्मिक शल्यक्रिया गरिएको हो ।
उक्त विरामीलाई पेट फुलेर अत्याधिक पीडा भएको थियो । ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालले प्रतिष्ठान रेफर गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनुभयो ।
आइतबार उनलाई कोभिड देखा पेको थियो । आइतबार नै प्रतिष्ठानमा भर्ना भएको उनलाई सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रम०ा फैलिएको जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहले जानकारी दिनु भयो । उहाँके नेतृतवमा आज विहान शल्यक्रिया गरिएको थियो । उहाँसँगै सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापतीका साथै नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्कीको ६टमले सफल शल्यक्रिया गरेको अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिनु भयो ।
कोरोनाको दोस्रो लहर शुरु भएयता बेहोस पारी कोभिड अस्पतालमा अवस्थित शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो भएको प्रतिष्ठठान जनाएको छ । यस अघि गाइनो विभागले ५ जनाको शल्यक्रिया गरेको थियो ।