धरान । काेराेना कहरकाे माैका छाेपर बजारमा भएकाे कालाबजारी र महगी विरूद्ध नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले खवरदारी शुरू गरेकाे छ ।

आज बजारमा भएकाे अराजकता नियन्त्रण गर्न उनीहरूले सुनसरी उद्याेग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । युवा संघका धरान अध्यक्ष जगतबहादुर भारती र अनेरास्ववियु नगर अध्यक्ष अर्जुन कार्कीले छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएर तीन दिनकाे अल्टिमेटम दिइएकाे छ । तीन दिन भित्र बजारमा बढेकाे अराजकता नियन्त्रण गर्न बेवास्ता गरे कडा आन्दाेलनमा उत्रने युवा संघ नगर अध्यक्ष भारतीले चेतावनी दिनु भयाे । साे ज्ञापन पत्रकाे धरान उपमहानगरपनलिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालयलाई बाेधार्थ दिइएकाे छ ।

सामाजिक दुरी कायम गरेर सिमित नेताहरु पुगेर ज्ञापन पत्र बुझाईएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मणी चाम्लिङ राईले जानकारी दिए । received_930709584410586

नेकपा एमाले नगर सदस्य  युवा संघका जिल्ला अध्यक्ष ब्रहमज्ञ  भट्टटराईका अनुसार धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपचार सेवा सुधार, काेभिड अस्पताल सुधारलगायत त्यहाँ हुने अनियमितता विरूद्ध उपकुलपतिलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेकाे बताउनु भएकाे छ ।

received_1425248727811843