धरान / यहाँको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज राती उपचारको क्रममा रहेका तनि सङ्क्रमितको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–२ का ५८ वर्षीय पुरुषको आइतबार राती १० बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुढामणी पोखरेलका अनुसार यही बैशाख १९ गते सङ्क्रमित भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यस्तै बिराटनगर ८, मोरङका ५६ बर्षीय पुरुषको बेलुका ७बजे उपचारको क्रममा मृत्यु भएको छ । उच्च रक्तचापका विरामी उनलाई बैशाख १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
अर्का बिर्तामोड ५, झापाका ६२ बर्षीय पुरुषको राती १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई बैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । तीनै जनाएको शव व्यवस्थापन गर्ने काम भईरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिनु भयो । योसँग प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेकाे छ ।