धरान  / धरान उपमहानगरपालिका–१५ पूर्वेली पथमा धारिलो हतियार प्रयोग गरि दिउँसै लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरलिे ढिलो गरि दिएको विवरणअनुसार बैशाख ११ गते बिहान ९:१५ मा झरना बिश्वकर्मा र निजको छोरा जोहन बिश्वकर्मा पुजा गर्नको वाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी आमा गोविन्द माँया विश्वकर्मालाई टाउकोलगायत शरिरका बिभिन्न भागमा धारिलो चिज हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद २ लाख घरमा रहेका नौगेडी, चुरा, सिक्री, जन्तरलगायत० गरगहना गरी ११ लाख ४० हजार नौं सय पचास० बराबरको धनमाल लटिएको जिल्ला प्रहरी कार्यालय स सुनसरीका एसपी कमल थापाले जानकारी दिनु भयो ।
गम्भीर घाइते विशवकर्माको न्याूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको छ ।
यसै विच प्रहरीले घट्नामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । मोरङको पथरी घर भईहाल धरान–१५ सुनगाभामार्ग बस्ने ३७ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, मोरङ पथरी शनिश्चरे(५ पिपलडाँडा घर भई हाल धरान  १० पुतली लाईन बस्ने सोनी राई र ९धरान १३,अमरहाट बस्ने लक्ष्मी लिम्बु रहेको प्रहरीले जनाएको छ ।
सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुले पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गरगहना बरामद गरिएको एसपी थापाले जानकार िदिनु भयो । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।