धरान / लायन्स क्लब अफ सिंहदेवी धरानको अध्यक्षमा सुजेन्द्र तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस अघि द्वितिय उपाध्यक्ष रहेका उहाँलाई जुम प्ल्याटफर्म मार्फत भएको भेलाले सन् २०२१–२०२२ का लागि अध्यक्ष चयन गरेको हो । भेलाले प्रथम उपाध्यक्षमा सन्ध्या श्रेष्ठ, द्वितिय उपाध्यक्षमा जयप्रकाश शर्मा, तृतिय उपाध्यक्षमा झुमादेवी राई, सचिवमा पञ्चकला राई, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिवमा रमिता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष तामाङले उपचारत अवस्थामा रहेको प्रथम उपाध्यक्ष सन्ध्या श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लायन्स क्लबको सिद्धान्त, उद्देृश्य, लक्ष्य, मूल्य र मान्यता बमोजिम समाज सेवाका कार्यहरुमा लायन्स क्लब अफ सिंहदेवीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण जुम प्ल्याट फर्म मार्फत भेला आयोजना गरिएको बताउंदै आफ्नो कार्यकालमा अतुलनीय सहयोग गरेको भन्दै क्लबका सबै पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाको अध्यक्षतामा भएको भेला भएको थियो ।