धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चार जना पदाधिकारी र मेट्रोनको कार्यलयमा कर्मचारीहरुले तालाबन्दी गरे पछि प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गरि समयमित हुन अपिल गर्नु भएको छ ।
सरकारले निषेधाज्ञा जारी गरेको समयमा हुल बाधेर कार्यालय आई गरिएको तालाबन्दी कोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । कोरोना महामारीको दोस्रो लहर तीब्ररुपमा वृद्धि भइरहेको कारण भेला, सभा, गोष्ठीलगात गतिविधि नगर्न परिपत्र गरिएको उहाँले स्मरण गराउदैं कर्मचारीको जाहेज माघ क्रमशःपुरा गर्ने बताउनु भएको छ ।
जिल्ला प्रशासनले बैशाख ३१ गतेसम्म अत्यावश्यकबाहेक सार्वजनिक भेला तथा हिडडुल गर्नमा समेत निषेध गरेको अवस्थामा त्यस्तो गतिविधि नगर्न भन्दै उपकुलपति डा. गिरीले कानुन वमोजिम कारबाही हुने चेतावनी पनि दिनु भएको छ ।
उपकुलपति डा.गिरीले कर्मचारीले राखेको माग आंशिकरुपमा सम्बोधन भइसकेको पनि अपिलमा उल्लेख गर्नु भएको छ । साथै, केही मागहरु प्रक्रियागतरुपमा रहेको पनि अपिलमा खुलाइएको छ । हाल प्रतिकुल अवस्था रहेको कारण, सहज परिस्थिति सृर्जना भएसँगै उक्त मागहरु प्रतिष्ठानले क्रमशः पुरा गर्दै जाने पनि गिरीले प्रतिवद्धता जनाउन ुभएको छ ।
यता कर्मचारीहरुले यही बैशाख १४ गते लिखित मागहरु पदाधिकारीहरुलाई बुझाए पनि साना कर्मचारीको माग प्रति गम्भीर नभएको भन्दैं कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा शुक्रबार उपकुलपतिलगायत पदाधिकारीहरुको कार्यालय घेराउ तथा तालाबन्दी गरेका थिए ।

यता कोरोना महामारी फैलिउको बेला पदाधिकारीहरुको कार्यकक्षमा तालावन्दी गरेर अवरोध गर्दा झन समस्या हुने प्रतिष्ठान भित्रै आलोचना पनि शुरु भएको छ । माग पुरा गराउन तालावन्दी र भिडभाडरहित अन्य विकल्प खोज्नसमेत सरोकारवालाहरुलाई सुझाइएको छ । 

अपिल २०७८।०१।२४

वेवास्ता र चेतावनीले उपकुलपतिलाई महगो मुल्य पर्छ– कोइराला
कर्मचारी कल्याण तर्दथ समितिका संयोजक कोइरलाले शुक्रबार वार्तामा बसे पछि आफुहरुका माग पुरा गर्न पदाधिकारीहरुले लिखित प्रतिवद्धता गर्न नमाने पछि सफल नभएको बताउनु भयो । उपकुलपतिकाे धम्कीपूर्ण चेतावनीले उहाँलाई समस्यामा पार्ने संयोजक कोइराला बताउनु हुनछ । ‘झण्डै १२ सय कर्मचारी अन्यायमा परेका छन् । कारवाही गरे देखाउन उपकुलपति ज्युलाई अनुरोध गर्दछु ।’–संयोजक कोइरालाले टेलिफोन सम्पर्कमा भन्नु भयो –‘उहाँको चेतावनीले कोही डराउनेवाला छैनन् । अव विस्तारै चारै पदाधिारीहरुको कर्तुत भण्डाफोर गरेर जान्छौं ।उहाँहरुको भन्दा प्रतिष्ठानको उन्नति प्रगति अनि कर्मचारीको हितमा छ की व्यापारी पोस्न लाग्नु भएको छ अव सबै सार्वजनिक हुन्छन् ।’ यहाँ पटक पटक माग राख्दा पनि वेवास्ता गरिएकाले बाध्य भएर तालाबन्दी गर्नु परेको संयोजक कोइरलाले बताउनु भएको छ । 

 विपी प्रतिष्ठानमा १२ सय कर्मचारी,  ७ सय भन्दा बढी चिकित्सकहरुकाे लामाे समयदेिख आन्तरिक बढुवा राेकिएकाे छ । सरकारले बढाएकाे तलव पनि पाएका छैनन् ।  शुक्रबार नै उपकुपितले जारी गरेको अपिलले पदाधिकारी र कर्मचारीविच झन द्वन्द्व बढाएको छ । यस विषयमा प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले  कर्मचारीका जाहेज मागलाई प्रतिष्ठानले गम्भीर रुपमा लिएर क्रमिक रुपमा पुरा गदैं लैजाने बताउनु भएको छ । उहाँहरुको मागप्रति हाम्रो ध्यानाकर्षण भएको बताउनु भएको छ । तर यस्तो गम्भीर अवस्थामा ठूलो भीड लागेर तालाबन्दीजस्तो काम भने उचित नभएको उहाँले बताउनु भयो ।