धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज शनिवार सप्तरी र तेह्रथुमका दुई जनाको ज्यान गएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार सप्तरी घर भई धरान–१६ बस्ने ४१ वर्षीय युवकका आज विहान उपचारको क्रममा मृत्यु भएको छ । उनलाई यही २१ ग्ते कोभिड देखा परे पछि अस्पताल भर्ना गरिएको थियो ।
यस्तै तेह्रथुमको पञ्चकन्या–१ की २०बषीया किशोरीको पनि उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई प्रतिष्ठानको कोभिड अस्पतालमा यही १९गते भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा विहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।