धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवामाव्यापक भ्रष्टचार भएको भन्दैं पदाधिकारीहरुको कार्यालयमा लगाएको ताला खुल्न नपाउदैं फेरी कर्मचारीहरुले ताला बन्दी गरेका छन् ।
विभिन्न मागहरु राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज यहाँकाे बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
कोभिड १९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पुर्णलाई समानरुपमा वितरण गर्नुपर्ने, गत आर्थिक बर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथासिघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरुलाई करार तथा फरफरमेन्स करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नपर्ने माग राखेर कर्मचारीहरु यस अघि नै आन्दोलित भएका थिए । तर पदाधिकारीहरुले आश्वासन मात्रदिने तर कर्मचारीको वृति विकासमा चासो नदिएकाले तालाबन्दी गर्नु परेको कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाले जानकारी दिनु भयो ।
‘पदाधिकारीहरु ठेक्कापट्टको कमिसनमा मात्र चासो राख्नु हुन्छ हामी कर्मचारीहरुको माग सुन्नुहुन्न । पटक पटक ध्यानाकर्षण गराउदा पनि चासो नदिएकाले तालाबन्दी गरिएको हो ।’–कोइरालाले भन्नु भयो । हाम्रा माग पुरा नभएसम्म ताला नखोलिने उहाँको भनाई थियो । गत १४ गते  उनीहरुले माग पत्र बुझाएका थिए । उनीहरुका माग सुनुवाई नभएका कारण आज तालावन्दी गरिएकाे उनीहरुले जनाएका छन् ।
उनीहरुले 'कर्मचारीको शोषण बन्द गर, कोभिडको रकम उपलब्द गर, कर्मचारीलाई भेदभाव नगर’ जस्ता नारावाजीसमेत गरेका थिए । बिपी प्रतिष्ठान ज्ञानेन्द्र गिरीको पेवा नभएको भन्दैं आक्रोस व्यक्त गरेका थिए । उनीहरुले उपकुलपित प्राडा गिरी विरुद्ध चर्काे नारावाजीसमेत गरेका थिए ।
पदाधिकारीहरुको संरक्षण पाएर ठगी गदैं आएको इन्टरनेट प्रदाय कम्पनि विरुद्ध चिकित्स, विद्यार्थीहरुले आन्दोलन गरेका थिए । खुल्ला प्रतिस्पर्धाबाट इन्टरनेटको ठेक्का दिने सहमति भए पछि दुई दिन अघि मात्र पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको ताला खोलिएको थियो ।