इनरुवा / ग्रीन तारा गु्रप र सिद्धि विनायक सप्लायर्स धरानले बढ्दो कोरोना सङ्क्रमण सुरक्ष्यााका लागि जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई स्वस्थ्य सामग्री प्रदान गरको छ ।
विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) कमल थापालाई ग्रीनताराका प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, इनरुवाका सेवासेवी युवा नेता रोहित निरौलाले हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईको समेत उपस्थिति रहेको थियो ।1620367298374
रोहित निरौलाका अनुसार स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाँचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय थान र ५ लिटर सेनिटाइजर रहेको छ ।
कोराना महामारीको पुनः जोखिम वढे संगै दोस्रो चरण लकडाउन लागु गरिए पछि विशेष गरि फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि स्वस्थ्य सामग्री प्रदान गरिएको ग्रीनतारा का प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । ‘लकडाउनमा प्रहरी खटिनु पर्ने हुन्छ । अग्रपङतीमा काम गर्दा उहाँहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका हौ।’–श्रेष्ठले भन्नु भयो ।
सुरक्षामा खटिदा आवश्यक स्रोत साधन कमि भइरहको वेला सहयोग गरि सुरक्षामा खटिने सुरक्षाकम्रीहरुको हौसला वढाइदिएको भन्दै एसपी थापाले सहयोगी दाताहरुको सहरायिन काम भएको बताउनु भयो । अघिल्लो संकटमा पनि रोहित निरौलाले स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियो ।
सहयोग सामग्री युवा नेता तथा समाजसेवि रोहित निरौलाको संयोजनमा संकलन भएको थियो । हस्तान्तण कार्यक्रममा सिद्धिविनायक सप्लायर्सका प्रोपराइटर वेणु कोइराला, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य संजय याक्खालगायतको उपस्थिति रहेको थियो ।
तस्विरः विकास चाम्लिङ राई,